राजविराज । जेसीआई राजविराजको आयोजनामा “JCI भनेको के हो?” विषयक प्रेरणा तथा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम जेसी रवी कुमार रायको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि जेसीआई सिनेटर राजनी थापा, जेसीआई उपाध्यक्ष २०२६ तथा जेसीआई नेपाल अध्यक्ष २०२५ रहनुभएको थियो।
प्रमुख अतिथि थापाले जेसीआईमार्फत युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा यस्ता तालिम कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै नव–निर्वाचित पदाधिकारी तथा नयाँ सदस्यहरूलाई सक्रिय सहभागिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा सह–प्रशिक्षकको रूपमा जेसी उज्ज्वल काबरा, जेसीआई नेपाल उपाध्यक्ष २०२५ तथा जेसीआई राजविराज अध्यक्ष २०२३ ले जेसीआईको उद्देश्य, संरचना र नेतृत्व विकाससम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तै जेसी विप्लव आनन्द, जेसीआई राजविराज अध्यक्ष २०२४ ले आफ्नो अनुभव साझा गर्दै जेसीआईमार्फत व्यक्तिगत तथा संस्थागत विकासका अवसरहरूबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा बोर्डका सदस्यहरू सहित जम्मा १५ जनाको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट जेसीआईको मर्म, उद्देश्य र भूमिकाबारे स्पष्ट बुझाइ प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
जेसीआई राजविराजले आगामी दिनमा पनि यस्ता क्षमता विकास र नेतृत्व अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।