JCI Rajbiraj द्वारा महाशिवरात्रिमा बेलपत्र तथा दूध वितरण कार्यक्रम सम्पन्न

2026-02-15

राजबिराज जेसीजले महाशिवरात्रिको पावन अवसरमा शिव भक्तजनहरूका लागि निःशुल्क बेलपत्र तथा दूध वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

राजबिराजस्थित शिव मन्दिर परिसरमा बिहान ६:०० बजेबाट सुरु गरिएको कार्यक्रममा भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, सुरक्षाकर्मी, युवा सदस्य तथा सर्वसाधारणको सहभागिता देखिएको थियो।

कार्यक्रमका अवसरमा अध्यक्ष जेसी रवी कुमार रायले मन्तव्य व्यक्त गर्दै भन्नुभयो,

“महाशिवरात्रि केवल धार्मिक पर्व मात्र नभई आत्मशुद्धि, सेवा र एकताको सन्देश दिने महान अवसर हो। जेसीजको मूल भावना नै नेतृत्व विकाससँगै समाजसेवा हो। आजको यस सानो प्रयासले समाजमा सकारात्मक ऊर्जा र सहयोगको संस्कार फैलाउने विश्वास लिएका छौं।”

उहाँले आगामी दिनहरूमा पनि समाज केन्द्रित र मानवीय सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा शाखाका महासचिव, निवर्तमान अध्यक्ष, कोषाध्यक्ष लगायत कार्यसमिति पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, जेसीज सदस्य तथा स्वयंसेवकहरूको सक्रियताले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

उक्त कार्यक्रमले धार्मिक सहिष्णुता, सामाजिक एकता तथा सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यलाई सार्थक बनाएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण पदाधिकारी,सहयोगी, स्वयंसेवक तथा भक्तजनप्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

JCI News Archive