"प्रार्थमिक स्वास्थ्य शिविर" दाङ महिला जेसिज वर्ष २०२६

2026-02-11

प्रार्थमिक_ स्वास्थ्य_ शिविर_ सम्पन्न


३ ) प्रार्थमिक स्वास्थ्य शिविर  

मिती : २०८२ / माघ / १ गते 

स्थान : बाह्रकुने दह, घोराही १३ दाङ 

अधक्षता २०२६ का अध्यक्ष  : जेसि अर्चना शर्मा 

सहभागी संख्या : ३०८ जना 

आयोजक : दाङ महिला जेसिज, त्रिभुवननगर जेसिज, घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा, रोटरी क्लब आफ दाङ, लायन्स क्लब अफ घोराही सिटी, अप्टिमीस्ट क्लब अफ घोराही सिटी


      बाह्रकुने दहमा हरेक वर्ष माघीको अवसरमा आयोजना हुने माघी मेलामा दाङ महिला जेसिजको मातृशाखा त्रिभुवननगर जेसीजसंगको सह आयोजनामा हरेक वर्ष हुदै आएको प्रार्थमिक स्वास्थ्य शिविर यस वर्ष लायन्स, रोटरी, अप्टिमीस्टसहित घोराही उपमहानगरपालिका जनस्वस्थ्य प्रवर्द्धन शाखाको संयुक्त आयोजनामा विशेषज्ञ डाक्टर, नर्ससहित आयोजना गरिएको थियो l 
                     स्वास्थ्य शिविरमा प्रार्थमिक उपचारहरुलगायत परामर्श सेवा, निः शुल्क रुपमा औषधि वितरण गरिएको थियो । कर्यक्रममा ३०८ बढीले नि : शुल्क रुपमा स्वास्थ्य सेवा लिएका थिए l कार्यक्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरदै एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिएको थियो I
JCI News Archive