पर्वत जेसीज सङ्कल्प कमिटमन्ट अवार्डबाट पुरस्कृत

2026-02-18

फागुन,पर्वत- पर्वत जेसीज सङ्कल्प कमिटमन्ट अवार्डबाट पुरस्कृत भएको छ । सन् २०२६ मा  चितवनको सौराहामा आयोजित जेसीआई नेपाल लोम लिडर्स एकेडेमी कार्यक्रममा पर्वत जेसीज सम्मानित भएको हो ।
पर्वत जेसीजको उत्कृष्ट सहभागिता, समर्पण र सक्रियताको कदरस्वरुप ‘सङ्कल्प कमिटमन्ट अवार्ड’ प्राप्त भएको पर्वत जेसीज -२०२६ का अध्यक्ष शर्मिला शर्माले जानकारी दिनुभयो । उक्त अवार्ड पर्वत जेसीजको निरन्तर प्रतिबद्धता, प्रभावकारी नेतृत्व विकास र सङ्गठनप्रतिको जिम्मेवारीपूर्ण भूमिकाको परिणामका रुपमा लिइएको अध्यक्ष शर्माको भनाइ छ । यसलाई एउटा पुरस्कारको रुपमा मात्रै नलिएर प्रतिबद्धताबाट सफलतासम्मको यात्राको प्रतिकको रुपमा लिइएको पर्वत जेसीजले बताएको छ ।
यो ऐतिहासिक सफलतामा अध्यक्षीय क्लबका अध्यक्ष, पूर्व अध्यक्ष, बोर्ड सदस्य तथा सम्पूर्ण सदस्यहरुको एकता, समर्पण र सहकार्य महत्वपूर्ण मानिएको छ । पर्वत जेसीजले आगामी दिनहरुमा अझ सशक्त नेतृत्व गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा पर्वत जेसीजको तर्फबाट बर्ष-२०२६ अध्यक्ष शर्मिला शर्मा, महासचिव रामचन्द्र सुवेदी र कोषाध्यक्ष प्रवेशराज पुरीको सहभागिता रहेको थियोे

JCI News Archive