नारायणगढ जेसीजको दोस्रो बोर्ड बैठक सम्पन्न

2026-02-12

नारायणगढ, माघ २६, २०८२ (फेब्रुअरी ९, २०२६) — नारायणगढ जेसीज वर्ष २०२६ को दोस्रो (BOD) बैठक नारायणगढ जेसीज सचिवालयमा सफलतापूर्वक सम्पन्न भएको थियो ।


बैठकको अध्यक्षता वर्ष २०२६ का अध्यक्ष सिनेटर सन्तोष पाण्डितले गर्नुभएको थियो।

बैठकमा अघिल्लो बैठकको माइनट अनुमोदन (Ratification), विभिन्न प्रतिवेदनहरू प्रस्तुतिकरण, मनोनयन सम्बन्धी विषय, आगामी होली विशेष कार्यक्रमको तयारी तथा व्यवस्थापन लगायतका विषयहरूमा महत्वपूर्ण निर्णयहरू गरिएको थियो। साथै विविध विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमलाई संस्थागत रूपमा अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धतासहित बैठक समापन गरिएको थियो।

JCI News Archive