राजबिराज जेसीजद्वारा नेपाल प्रहरीका डिआईजी तथा प्रवक्ता अबि नारायण काफ्ले सङ्ग साक्षरता कार्यक्रम सम्पन्न

2026-02-19


राजबिराज जेसीजको आयोजनामा राजबिराजमा साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल प्रहरीका डिआईजी तथा प्रवक्ता अबि नारायण काफ्लेको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष रवी कुमार रायले साक्षरता अभियान समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै युवाहरूलाई ज्ञान र सचेतनासँग जोड्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए। उनले प्रहरी प्रशासन र नागरिक समाजबीच सहकार्य बढ्दै जाँदा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा महासचिव बिक्रम काबरा, कोषाध्यक्ष होमेश काबरा, सचिव पन्कज यादव लगायतको उपस्थिति रहेको थियो। साथै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतम केसी र डिएसपी डम्बरबहादुर पुरीको पनि गरिमामय उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले साक्षरता अभिवृद्धि समाज विकासको महत्वपूर्ण आधार भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

JCI News Archive