१७ औ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह

2026-02-08

२०८२ साल पुष २६ गते दाङ महिला जेसीज का २०२५ का अध्यक्ष जेसी अनिता ढकाल ज्युको अध्यक्षतामा लुम्बीनी प्रदेश सभा सदस्य माननीय लोका वि क ज्यूको प्रमुख आतिथ्यमा र घोराही उपमहानगरपालिका का उप - मेयर हुमा डिसी, नेपाल जेसीज का पुर्व अध्यक्ष जेसी लालमनी भण्डारी  ज्यू को विशिष्ट आतिथ्यता मा १७औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो आस्थापाठ को अगुवाइ उपाध्यक्ष जेसी माया चौधरी , मिसन भिजन जेसी संगित गिरि ले वाचन गर्नु भएको थियो । प्रमुख अतिथि ज्यू ले पानसमा वत्ती वालेर कार्यक्रम उद्‌घाटन गर्नु भएको थियो । उक्त कार्यक्रम मा निर्वाचन अधिकृत जेसि जुन कुमारि बुढा ज्यूले निर्वाचित पदाधिकारी हरु जेसी अर्चना शर्मा अध्यक्ष , कार्यकारिणी  उपाध्यक्षमा जेसी आरधना सिंह ठकुरि  र जेसी  भिमा डिसी , उपाध्यक्ष मा जेसी अन्जु घर्ती  , जेसी गुन्जन शाह ठकुरी  , जेसि सुलोचना शर्मा  ,जेसी सरस्वती वली केसी र सहसचिव मा जेसि माया चौधरी लाइ प्रमाण पत्र वितरण गर्नु भएको थियो । त्यसैगरी २०२५ की अध्यक्ष जेसी अनिता ढकाल ज्यु ले २०२६ की अध्यक्ष जेसी अर्चना शर्मा  ज्यूलाई घाटीको चेन हस्तान्तरण गर्नुभएको थियो । २०२६  की अध्यक्ष जेसी अर्चना शर्मा ज्यू ले कानुनी सल्लाहकार मा लक्ष्मी चौधरी ,कोषाध्यक्ष मा जेसी संगिता गिरी ,जनसम्पर्क अधिकारी मा सुनिता अधिकारि ,महासचिव मा जेसी बसन्ती सुवेदी ,तालिम निर्देशक मा जेसी रेमन्ता पुन ,शाखा सम्पादक मा जेसी प्रज्ञा स्वर्णाकार ,प्रकरण निर्देशक मा जेसी विन्दु डागी पाण्डे ,कोषवृत्ती सभापती मा जेसी दिपा पुन, सदस्यता वृद्धि सभापति मा जेसि दिपा पुन, स्वास्थ्य संयोजक मा जेसी गिता डागी, शिक्षा संयोजक मा जेसि आकृति शर्मा र च्याप्टर कोडिनेटर मा जेसी प्रिया रोका  लाई मनोनीत गर्नु भएको थियो । उक्त कार्यक्रम मा उत्कृष्ट जेसीज पुरस्कार जेसी सस्वती वली केसी, उत्कृष्ट संयोजक जेसि आरधना सिंह ठकुरी ले , उत्कृष्ट सर्वाधिक संलग्नता पुरस्कार जेसी प्रज्ञा स्वर्णाकार ले पाउनु भएको थियो । कार्यक्रम मा दाङ  महिला जेसीजका पूर्व अध्यक्ष जेसी विना बि.सी संस्थापक अध्यक्ष निर्मला गौतम , भातृ शाखा अध्यक्ष जेसी मिनराज भाट ले मन्तव्य दिनु भएको थियो र,घोराही उपमहानगरपालिका उपमेयर हुमा डि . सी ज्यू नेपाल जेसीजका पूर्व राष्ट्रीय अध्यक्ष  सिनेटर लालमनी भण्डारी ज्यु  ले विशिष्ट अतिथिको मन्तव्य र प्रदेश सभा सदस्य माननिय लोका विश्वकर्मा ज्युले प्रमुख अतिथिको मन्तव्य दिनु भएको राख्नु भएको थियो । कार्यक्रम को सञ्चालन पहिलो सत्रमा २०२५  कि महासचिव जेसी भिमा डि . सी  ले र दोस्रो सत्रमा २०२६  कि महासचिव जेसी बसन्ती सुवेदी ज्युले ले गर्नु भएको थियो र अन्त्यमा २०२६  कि अध्यक्ष जेसी अनिता ढकाल ले धन्यवाद मन्तव्य सहित को कार्यक्रम समापन गर्नु भएको थियो । 

JCI News Archive