राजबिराज जेसीजको आयोजनामा प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजबिराजस्थित नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ६ जनाले रक्तदान गर्दै मानव सेवामा महत्वपूर्ण योगदान दिएका छन्।
कार्यक्रम संस्थाका अध्यक्ष रवी कुमार रायको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेडको उपस्थिति रहेको थियो। स्वास्थ्य संयोजक सन्तोष यादव कार्यक्रम संयोजकको भूमिकामा रहेका थिए।
रक्तदान गर्नेहरूमा कार्यक्रम संयोजक रयन राय, कार्यकारिणी उपाध्यक्ष हेम नारायण गोइत, कोषाध्यक्ष होमेश काबरा, स्वास्थ्य संयोजक सन्तोष यादव, महासचिव बिक्रम काबरा र अध्यक्ष रवी कुमार राय रहेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष रवी कुमार रायले रक्तदानलाई जीवनदानसँग जोडिएको महान् मानवसेवा भएको उल्लेख गर्दै समाजमा मानवीयता र सहकार्यको भावना विस्तार गर्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने बताए। उनले युवाहरू सामाजिक उत्तरदायित्वप्रति सचेत भई सेवामूलक गतिविधिमा सक्रिय हुनुपर्नेमा जोड दिए।
आयोजकका अनुसार कार्यक्रमले प्रजातन्त्र दिवसलाई सामाजिक सेवासँग जोड्दै सकारात्मक सन्देश प्रवाह गरेको छ।