आतिथ्यतामा न्यानो कपडा एवं अत्यावश्यक सामाग्री वितरण कार्यक्रम

2026-01-27

२०८२ माघ १३ गते श्री राधाकृष्ण वृद्धाश्रममा पोखरा लेडी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीज्यूको सभाध्यक्षता  प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालको ब्यबस्थापन समिति अध्यक्ष ऋृषिराम जमरकटेलज्यु प्रमुख आतिथ्यतामा न्यानो कपडा एवं अत्यावश्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । व्यक्तित्व र नेतृत्व विकास संगै मानवताको सेवा नै धर्म हो, भन्दै सामाजिक उत्तरदायीत्व पुरा गर्ने उद्देश्य सहित न्यानो कपडा वितरण सँगै अति आवश्यक सामाग्री र केही रकम प्रदान गरी कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा वृद्धा बुबाआमाको आर्सिवाद लिई केही समय पोखरा लेडी परिवारले उक्त वृद्धा आमा बुवासंग समय विताएर कार्यक्रम सम्पन्न गरेको छ ।

JCI News Archive