राजविराज जेसीज वर्ष २०२६ को प्रथम कार्यसमिति बैठक महत्वपूर्ण निर्णयहरूसहित सम्पन्न

2026-02-02

राजविराज जेसीज वर्ष २०२६ को प्रथम कार्यसमिति बैठक महत्वपूर्ण निर्णयहरूसहित सम्पन्न

राजविराज जेसीज वर्ष २०२६ को प्रथम कार्यसमिति बैठक अध्यक्ष जेसी रवी कुमार रायको अध्यक्षतामा राजविराज जेसीज हलमा सम्पन्न भएको छ। बैठकमा जेसिआई नेपालकी उपाध्यक्ष तथा सिनेटर जेसी रजनी थापा विशेष आमन्त्रित अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी बिक्रम काबरा तथा वर्ष २०२४ का राजविराज जेसीजका अध्यक्ष जेसी बिपलब आनन्दको समेत उपस्थिती रहेको थियो।

बैठकले संगठनलाई थप प्रभावकारी, सक्रिय र परिणाममुखी बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा वर्ष २०२६ का कार्यक्रम, तालिम, नेतृत्व विकास, सामुदायिक सेवा, सदस्य सशक्तीकरण तथा संस्थागत सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत छलफल भई आवश्यक निर्णयहरू लिइएका छन्। साथै, जेसिआईको राष्ट्रिय नीति, मार्गदर्शन तथा मूल्य–मान्यताअनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा बोल्दै आमन्त्रित अतिथि जेसी रजनी थापाले राजविराज जेसीजको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेतृत्व विकास, प्रभावकारी परियोजना र सदस्य सहभागितामा विशेष ध्यान दिन आग्रह गर्नुभयो। त्यस्तै, अन्य अतिथिहरूले पनि संगठनात्मक एकता, अनुशासन र निरन्तर सक्रियताले मात्र जेसीजलाई उदाहरणीय बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष जेसी रवी कुमार रायले सबै पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै वर्ष २०२६ लाई उपलब्धिमूलक बनाउने दृढ प्रतिबद्धता जनाउनुभयो।

समाचार तयार गर्ने:
महासचिव – जेसी बिक्रम काबरा
कानुनी सल्लाहकार – जेसी सौरभ सिंह

JCI News Archive