कमलनगर जेसिजको आयोजनामा लोम अफिसर तालिम २०२६ सम्पन्न भएको छ ।फेब्रुवरी ७ २०२६ का दिन कमलनगर जेसिज बर्ष २०२६ का अध्यक्ष जेसि देवराज भण्डारी ज्यू को अध्यक्षता तथा दमक जेसिज बर्ष २०१७ का अध्यक्ष जेसि गोविन्दराज कट्टेल ज्यू को प्रमुख प्रशिक्षणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कमलनगर जेसिज बर्ष २०२६ का बोर्डका पदाधिकारीहरु , बर्ष २०२६ का अध्यक्ष प्रमुख सल्लाहकार जेसि हेम दहाल र पूर्व अध्यक्ष जेसि रिजु कार्किको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संयोजन बर्ष २०२६ का उपाध्यक्ष जेसि ऐश्वर्य चौहान रहनु भएको थियो ।