पर्वत जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न

2026-03-06

पर्वत जेसीजको आयोजनामा होली पर्वको अवसर पारेर होली मिलन कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू, वर्तमान बोर्डका पदाधिकारी, सदस्यहरू तथा साथीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आपसी सद्भाव, भाइचारा तथा सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले एक–आपसमा रंग र अबिर साटासाट गर्दै शुभकामना आदान–प्रदान गरेका थिए।

कार्यक्रमका वक्ताहरूले होली पर्वले विविधताबीच एकता, सहिष्णुता र आपसी सद्भावको सन्देश दिने उल्लेख गर्दै संगठनभित्र आत्मीयता, विश्वास तथा सहकार्यलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए।

सहभागीहरूले होली पर्वले केवल अनुहार मात्र होइन, मन र सम्बन्धहरूलाई समेत रङ्ग्याउने अवसर प्रदान गर्ने अनुभूति व्यक्त गरेका थिए। पर्वत जेसीजले यस्ता कार्यक्रमहरूले सदस्यहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

JCI News Archive