पहिलो बोर्ड बैठक

2026-02-26

26 Feb 2026

लेटाङ जेसिज, लेटाङ मोरङ

 नेपाल जेसिज को पत्र अनुरूप  February महिना भित्र गर्नु पर्ने शाखाको पहिलो बोर्ड बैठक 1st February 2026 मा लेटाङ जेसिजले  पहिलो बोर्ड बैठक सम्पन्न गरेको थियो। यो बैठक लेटाङ जेसिजले आफ्नै सचिवालयमा सम्पन्न गरेको थियो। यस बैठकको अध्यक्षता लेटाङ जेसिज वर्ष २०२६ कि अध्यक्ष जेसी संगीता श्रेष्ठज्यू ले गर्नुभएको थियो। यस पहिलो बोर्ड बैठकमा विभिन्न एजेन्डाहरूमाथि समेत छलफल गरिएको थियो। सोही सन्दर्भमा एजेन्डाहरूमाथि भएका छलफलका विषयलाई आगामी दिनमा सक्रिय रूपले पालना गरी लैजाने भएको छ। यस बैठकमा शाखाका सम्पूर्ण पदाधिकारी ज्यूहरू को सक्रिय रूपमा सहभागिता थियो। साथै यसै बैठकमा नेपाल जेसिज वर्ष २०११ का पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी वेदेन्द्र श्रेष्ठज्यू को पनि गरिमामय उपस्थिति रहेको थियो।

JCI News Archive