देवघाट, २९ फागुन २०८२ (मार्च १३, २०२६) देवघाटधाम जेसीज वर्ष २०२६ को दोस्रो बोर्ड बैठक देवघाट -५, तनहुँ स्थित नमस्ते देवघाट गार्डेन रिसोर्टमा सम्पन्न भएको छ। बैठक वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाल, पूर्व अध्यक्ष जेसी रघु मल्ल, अध्यक्ष सहायक जेसी करिष्मा गुरुङ लगायत बोर्डका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा संस्थाका पूर्व कार्यक्रमहरूको प्रतिवेदन र समीक्षा, आगामी कार्यक्रम, योजनाहरू तथा संस्थागत गतिविधि सम्बन्धी विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू माथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू समेत गरिएको छ।
देवघाटधाम जेसीजले युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक, व्यावसायिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।