म्याग्दी जेसीजको दोस्रो साधारण सभा सम्पन्न, उत्कृष्ट सदस्यहरू सम्मानित

2026-03-19

बेनी, म्याग्दी | २०८२ चैत ०५ गते (१९ मार्च, २०२६)


म्याग्दी जेसीजको दोस्रो साधारण सभा शाखा अध्यक्ष जेसी दिनेशकुमार विश्वकर्माको अध्यक्षतामा म्याग्दी जेसीजको सचिवालयमा सम्पन्न भएको छ।


सभामा संस्थाका पछिल्ला दुई महिनाका सक्रिय तथा उत्कृष्ट सदस्यहरूलाई “Jaycees of the Month” अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। जनवरी महिनाका लागि Best LOM Officer को रूपमा जेसी सुष्मा खत्री र Best General Member का रूपमा जेसी ओस्कार श्रेष्ठ सम्मानित हुनुभयो भने फेब्रुअरी महिनाका लागि Best LOM Officer जेसी सिर्जना थापा मगर तथा Best General Member जेसी जगत गैरे सम्मानित हुनुभएको थियो।


त्यसैगरी, कार्यक्रममा नयाँ सदस्यहरूको औपचारिक परिचय समेत गराइएको थियो। नयाँ सदस्यहरूको आगमनले संस्थामा थप उर्जा, उत्साह तथा भावी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।


सभामा विभिन्न एजेन्डामाथि छलफल हुनुका साथै संस्थाको आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत निर्णय गरिएको थियो।


कार्यक्रमको समापनमा सभामा उपस्थित सम्पूर्ण सदस्य तथा प्रतिनिधिहरूलाई शाखाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको थियो।


JCI News Archive