राजबिराज जेसीजलाई पोखरा सम्पन्न काउन्सिलार्स एकेडेमीमा पुनः राष्ट्रिय स्तरमा सम्मान

2026-03-23

राजबिराज जेसीजले उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिँदै पुनः राष्ट्रिय स्तरमा सफलता हासिल गरेको छ।
गत जनवरी महिनामा (सौराहा, चितवन) मा “Award” प्राप्त गर्न सफल भएको राजबिराज जेसीजले २०८२ चैत्र ६ र ७ गते  पोखरामा सम्पन्न काउन्सिलार्स एकेडेमी २०२६ कार्यक्रममा पनि आफ्नो उत्कृष्टता कायम राख्दै “Sankalpa to Success Award” हात पारेको हो। राजबिराज जेसीजका वर्ष २०२६ का अध्यक्ष रवी कुमार रायका अनुसार सम्पूर्ण टिमको स्पष्ट रणनीति, सक्रिय सहभागिता तथा समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो।

उहाँले भन्नुभयो, “हामीले राजबिराजलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौं, र त्यसकै परिणामस्वरूप लगातार सफलता प्राप्त भइरहेको छ।”

यस उपलब्धिले राजबिराज जेसीजको संस्थागत क्षमता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। साथै, यसले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ। साथै नेपाल जेसीजलाई धन्यबाद दिएको छ  

JCI News Archive