पोखरामा नेपाल जेसीज २०२६- शाखा अध्यक्षहरुको भेला सम्पन्न

2026-03-23

पोखरा ,२०८२

दृष्टिसहित नेतृत्व गरौँ, साहसका साथ कार्य गरौँ "भन्ने मुल उद्देश्यका साथ नेपाल जेसीज बर्ष-२०२६ का शाखा अध्यक्षहरुको भेला चैत्र ६ र ७ गते पोखरामा सम्पन्न भएको छ । पोखराको लेकसाइडमा रहेको निवास होटलमा  दुईदिने कार्यक्रम गरेर जेसीजले शाखा अध्यक्षहरुको भेला सम्पन्न गरेको हो ।


भेलामा शाखा अध्यक्षहरुका लागि विभिन्न विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो ।

जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले चिफ ट्रेनरको रुपमा प्रशिक्षण दिएका थिए । त्यसै गरी अन्य प्रशिक्षण Role of Leadership in Fundraising –JCI Sen. Tirtha Raj Poudel , From Dreams to Reality” –JCI Sen. Bikal Serchan (PNP), Mastery in Parliamentary Procedure –JCI Sen. Raja Babu Shah, Science of Courage in Action –JCI Sen. Raja Babu Shah , THE FUTURE-READY LEADERSHIP –

JCI Sen. Kiran K.C. ले गराउनु भएको थियो।

 

भेलाको समुद्घाटन प्रमुखअतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गरेका थिए ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष जीवन कार्कीको अध्यक्षतामा भएको भेलाको संयोजन तथा आतिथ्यता पोखरा जेसीजले गरेको थियो । भेलामा देशै भरिका १८५ शाखा अध्यक्षसहित २ सयभन्दा बढी जेसीजहरुको सहभागिता रहेको थियो ।

JCI Bhanu Bandipur 

JCI News Archive