लमही जेसीजको आयोजनामा २०८२ साल चैत्र १६ (March 30) गते सोमबारको दिन लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा २०० जना स्नातक तहमा अध्ययन्रत विद्यार्थीहरुको सक्रियताका साथ उपस्थितिमा छोरी शिक्षा अभियान अन्तर्गत छात्रवृत्ति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सफलता पुर्वक सुसम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी देउखुरी बहुमुखी क्याम्पस लमही देउखुरी दाङका निमित्त क्याम्पस प्रमुख हुर्मत कुमार पोख्रेल ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सुसम्पन्न भएको थियो । कार्यक्रमको संयोजक लमही जेसीजका उपाध्यक्ष जेसी सुदिप वलि हुनुहुन्थ्योस साथै लमही जेसीजका अध्यक्षज्युको सभाध्यक्षता एवम ल्लमही जेसीजका सचिव जेसी राजन भुसालद्वारा कार्यक्रम सन्चालन गर्नुभएको थियो ।