पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षण अभियान अन्तर्गत शिवलिङ्ग स्थापना कार्यक्रम

2026-04-22

पर्वत जेसीजद्वारा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले कुश्मा नगरपालिका वडा नं. १ र २ को सिमानामा अवस्थित पवित्र पार्वती गुफामा एक विशेष कार्यक्रम सम्पन्न गरिएको छ। उक्त अभियान अन्तर्गत एक सय एघार शिवलिङ्ग स्थापना गर्ने लक्ष्य अनुरूप पर्वत प्रदेशका अध्यक्षज्यूद्वारा चार वटा शिवलिङ्ग स्थापना गरिएको हो। प्राकृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने पार्वती गुफामा गरिएको यस कार्यले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। यस अभियानले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, यस्ता रचनात्मक तथा सामाजिक उत्तरदायित्व बोकेका कार्यहरू मार्फत पर्वत जेसीजले समाजप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। अन्त्यमा, उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ 

JCI News Archive