निरुपित राष्ट्रिय उपाध्यक्ष देबु बानियाँको शाखा भ्रमण

2026-04-20

उदयपुर । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा उदयपुर जेसीजका लागि निरउपित उपाध्यक्ष जेसी देबु बानियाँलाई उदयपुर जेसीजमा स्वागत तथा सम्मान गरिएको छ । शाखा ब्रमणको क्रममा उदयपुर आइपुग्नु भएका उपाध्यक्ष बानियाँलाई एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो  । कार्यक्रममा बोल्दै उपाध्यक्ष बानियाले उदयपुर जेसीजले नेपाल जेसीज पुर्याएको योगदानको चर्चा गर्दै उदयपुरका युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकासमा निरन्तर काम गर्दै आएको बताउनु भयो । साथै उहाले यो वर्ष उदयपुर जेसीजले नेपाल जेसीजमा उत्कृष्ट काम गर्ने कुरामा बिश्वास लिएको बताउनु भयो । 

उदयपुर जेसीज २०२६ का अध्यक्ष जेसी ब्रमदेब महतोको सभापतित्वमा सम्पन्न कार्यक्रमा पुर्व अध्यक्ष सर्मिला थापा, तारा बहादुर खड्का, मातृ शाखा लहानका अध्यक्ष बमचन्द्र चौधरी, गोलबजार जेसीजका अध्यक्ष राहुल शाह, राजबिराज जेसीजका अध्यक्ष रबि रायलगायतको उपस्थिति रहेको थियो । कार्यकारिणी उपाध्यक्ष मोहन राउतले सवागत गरेको कार्यक्रमको सन्चालन महासचिव नवीन महतोले गर्नु भएको थियो । 

JCI News Archive