म्याग्दी जेसीजले नव वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन” कार्यक्रम सम्पन्न

2026-04-11

मिति २०८२ साल चैत्र २८ गते (११ अप्रिल, २०२६) का दिन म्याग्दी जेसीजको सचिवालयमा “नव वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन” कार्यक्रम सम्पन्न भएको छ।


जेसी आरती भण्डारीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा शाखाका पदाधिकारी, सदस्य तथा अग्रजहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख आकर्षणका रूपमा सन् २००१ का शाखा अध्यक्ष जेसी सरोज कुमार श्रेष्ठज्यूद्वारा क्यालेन्डर विमोचन गरिएको थियो।


कार्यक्रममा बोल्दै वक्ताहरूले नव वर्ष २०८३ ले सबैमा नयाँ ऊर्जा, सकारात्मक सोच र सफलताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे। साथै, म्याग्दी जेसीजले विगतदेखि गर्दै आएको सामाजिक तथा नेतृत्व विकासका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो।


कार्यक्रम अन्त्यमा सहभागीहरूबीच शुभकामना आदानप्रदान गर्दै आपसी सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।


JCI News Archive