राजविराज जेसिजमा निरुपित राष्ट्रिय उपाध्यक्ष देबु बनियाँको शाखा भ्रमण, युवामा नेतृत्व विकासमा जोड, युवा सशक्तीकरण र नेतृत्व विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

2026-04-15

राजविराज, वैशाख २ — JCI Rajbiraj मा राष्ट्रिय उपाध्यक्ष जेसी देबु बानियाँको विशेष उपस्थितिमा शाखा भ्रमण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम आज बिहान ९:०० बजे JCI Rajbiraj सचिवालयमा आयोजना गरिएको थियो। कार्यक्रममा JCI Rajbiraj का पुर्व अध्यक्षहरु क्रमशः जेसी सिद्धार्थ तातेड (२०२१), जेसी उज्ज्वल कावरा (२०२३), जेसी बिप्लब आनन्द (२०२४), बर्ष २०२६ का कार्याकारिणी उपाध्यक्ष जेसी हेम नारायण गोइत, महासचिव जेसी बिक्रम कावरा, कोषाध्यक्ष जेसी होमेश कावरा सहित JCI Rajbiraj का सदस्यहरू, पूर्व पदाधिकारीहरू तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता JCI Rajbiraj का जेसी रवी कुमार रायले गर्नुभएको थियो। उहाँले जेसिजले युवाहरूलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सकारात्मक परिवर्तनका लागि प्रेरित गरिरहेको बताउनुभयो।
मुख्य अतिथि निरुपित राष्ट्रिय उपाध्यक्ष देबु बानियाँले जेसिज अभियानले युवाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै शाखा भ्रमणले स्थानीय सदस्यहरूमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेतृत्व विकास, सार्वजनिक बोल्ने कला तथा संगठनात्मक सुदृढीकरण सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो।
अन्तर्गत क्रियाशील राजविराज जेसिजले यस्ता कार्यक्रममार्फत युवाहरूलाई सशक्त बनाउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

JCI News Archive