नेपालगञ्ज जेसीज सप्ताह २०२६
तेस्रो कार्यक्रम सफलतापूर्वक सम्पन्न
नेपालगञ्ज जेसीज सप्ताह २०२६ अन्तर्गत तेस्रो कार्यक्रम "नवजात शिशुहरुलाई स्वास्थ्य सामग्री वितरण" सफलतापूर्वक सम्पन्न भएको नेपालगञ्ज जेसीज जानकारी गराउँदछ।
यस कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा नवजात शिशुहरुलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ। साथै, उक्त वडामा जन्मिने सम्पूर्ण नवजात शिशुहरुलाई निरन्तर रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
यस पहल अन्तर्गत वडा नं. २०, बाँके मा जन्मिने सम्पूर्ण नवजात शिशुहरुले जन्म भएको २८ दिनभित्र सोही वडास्थित स्वास्थ्य चौकीबाट उक्त सामग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ, जुन आगामी एक वर्षसम्म निरन्तर रहनेछ।
यस कार्यक्रममा स्वास्थ्य सामग्री उपलब्ध गराउनुहुने Himalaya Wellness Company प्रति विशेष आभार व्यक्त गर्दछौं। त्यसैगरी, कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने वडा नं. २० का स्वास्थ्य संयोजक श्री प्रकाश श्रेष्ठज्यू लगायत सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूप्रति धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण टिमलाई बधाई! ????✨
कार्यक्रम मिति: २०८३ साल बैशाख ६ गते, आइतबार
#JciNepalgunj2026 #NepalgunjJaycees2026