देवघाटधाम जेसीजद्वारा नव वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा पात्रो विमोचन कार्यक्रम सम्पन्न

2026-04-25

देवघाटधाम जेसीजको आयोजनामा नव वर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान तथा पात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रमको संयोजन कार्यकारिणी उपाध्यक्ष–२०२६ जेसी सुष्मा गुरुङले गर्नुभएको थियो भने सभापतित्व अध्यक्ष–२०२६ जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा देवघाट गाउँपालिकाका उपाध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य भुवन सिंह गुरुङको उपस्थिति रहेको थियो।


त्यसैगरी, अतिथिहरूमा देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मानार्थ सदस्य अर्जुन अधिकारी, लायन्स क्लव अफ देवघाटका प्रथम उपाध्यक्ष किरण सुवेदी, साथै छिमेकी शाखाबाट माडी जेसीजका अध्यक्ष–२०२६ जेसी प्रकाश सुवेदी र शारदानगर जेसीजका अध्यक्ष–२०२६ जेसी रमेश घिमिरेको उपस्थिति रहेको थियो।


कार्यक्रमको सुरुवात कार्यक्रम संयोजक जेसी सुष्मा गुरुङद्वारा स्वागत मन्तव्यसँग गरिएको थियो भने जेसीज आस्था पाठ जेसी स्वस्तिका धितालले गर्नुभएको थियो। त्यसपछि प्रमुख अतिथि भुवन सिंह गुरुङले व्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा सामूहिक रूपमा पात्रो विमोचन गरिएको थियो।


छिमेकी शाखाका तर्फबाट शारदानगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रमेश घिमिरेज्यू र अतिथिहरू तथा प्रमुख अतिथिबाट नव वर्ष २०८३ को शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी दिनहरूमा संस्थाको प्रगति तथा समाज विकासमा अझ सशक्त भूमिका निर्वाह गर्न सुझाव तथा शुभेच्छा व्यक्त गरिएको थियो।



कार्यक्रमको समापन सभापति तथा अध्यक्ष जेसी अर्जुन सुवेदीद्वारा धन्यवाद मन्तव्य व्यक्त गर्दै गरिएको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू, अतिथिहरू, सहभागीहरू, विशेष रूपमा पात्रो प्रकाशनमा सहयोग गर्ने विज्ञापनदाताहरू तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाल र सम्पूर्ण समितिका सदस्यहरू/साथीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।



उक्त कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नव वर्षको शुभकामना आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको विश्वास लिइएको छ।

JCI News Archive