इटहरी जेसीजद्वारा नयाँ क्यालेण्डर सार्वजनिक।इटहरी ।

2026-04-26



इटहरी । JCI Itahari को आयोजनामा मिति २०८३ साल वैशाख ६ गते “Igniting Fellowship and Celebrating New Beginnings 2083” तथा क्यालेण्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष जेसी मिशन पराजुलीज्यूको अध्यक्षता तथा संस्थापक अध्यक्ष सेनेटर दिलकुमार वनज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २०८३ सालको क्यालेण्डर विमोचन गर्नुका साथै नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिएको थियो।


इटहरी–१० स्थित Ocean Park मा आयोजित कार्यक्रममा Nepal Jaycees का पूर्व अध्यक्ष सेनेटर महेश पौडेल, उपाध्यक्ष सेनेटर बिदुर थापा, कानुनी सल्लाहकार जेसी बहादुर तामाङ तथा विभिन्न शाखाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन JCI Itahari का महासचिव जेसी टंकमणि (रबिन) न्यौपानेज्यूले गर्नुभएको थियो।


JCI News Archive