चक्रघट्टी जेसीजद्वारा शैक्षिक सामग्री वितर

2026-04-27

बराह । चक्रघट्टी जेसीजद्वारा शैक्षिक सामग्री वितरण चक्रघट्टी जेसीजले 'जेसीज सप्ताह-२०२६' अन्तरगतको पहिलो कार्यक्रम शिक्षण सामग्री वितरण कार्यक्रम श्री बिपि आधारभूत विद्यालय, बराहक्षेत्र-३, हर्दियामा सम्पन्न गरेको छ ।

सो कार्यक्रमबाट १६ जना विद्यार्थीहरु लाभान्वित भए ।

सभाध्यक्ष - जेसी शरण कुमार लिम्बू , चक्रघट्टी जेसीजका अध्यक्ष 

प्रमुख अतिथी- राजदिप लामा, ३ नम्बर वडाका वडा अध्यक्ष 

उपस्थित रहेको थियो भने 

कार्यक्रम सम्योजक- जेसी अमित शाह, उपाध्यक्ष 

जेसी तेज बहादुर पुरी, चक्रघट्टी जेसीज वर्ष २०२३ का अध्यक्ष लगायत बोर्डका पदाधिकारीहरु

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष- श्री अशिलाल धामी

शिक्षक, शिक्षिकाहरु, कर्मचारी, अभिभावकहरु गरि जम्मा ३२ जना उपस्थित थिए ।

कार्यक्रममा स्वागत मन्तव्यको क्रममा जेसी अमित शाहले शैक्षिक सामग्री केवल सामाग्री मात्र नभएर विद्यार्थीको भविष्य लेख्ने एक हतियार भएको बताए  । 

शुभकामना मन्तव्य राख्ने क्रममा वि.व्य.स. का अध्यक्ष श्री अशिलाल धामीले विद्यालयमा धेरै विद्यार्थी बानाउन जोड दिने कुरा बताउनु भयो ।

प्रमुख अतिथिको मन्तव्यमा स्कुलमा शैक्षिक सामाग्रीकै निम्ति यसै पाली पनि कम्तीमा रु.१,००,००० (अक्षरेपी एक लाख) विनियोजन गर्ने प्रतिवद्दता सहित कार्यक्रमको निम्ति चक्रघट्टी जेसीजलाई धन्यवाद दिनु भयो ।

कार्यक्रम सन्चालन महासचिव जेसी शिशिर तामाङले गरेका थिए ।

आफु पनि सरकारी स्कुलबाट अध्ययन पूरा गरेको र सरकारी विद्यालय, +२ र क्याम्पसमा अध्यापन गर्नुका साथै विभिन्न संघ संस्थाको अध्यक्ष भएको बताए र सपना देख्नु आर्थिक स्थितिले नरोक्ने भन्दै विद्यार्थीलाई सपना देख्न आग्रह गरी कार्यक्रमलाई समापन गरेका थिए ।

JCI News Archive