उदयपुर । उदयपुर जेसीजले साझा सेवा घर उदयपुरलाइ खाद्यान्न तथा प्रोटिन बितरण गरेको छ ।
उदयपुर घाइघाट्स्थित त्रियुगा गरपालिकाका १२ मा रहेको साझा सेवा घरका बालबालिकाअरुका लागि विभिन्न परिकारका खाद्यान्न सामाग्री बितरण गरेको हो ।
उदयपुर जेसीज वर्ष २०२६ का अध्यक्ष ब्रमदेब महतोको नेतृत्वमा गएको जेसीज टिमले भुजा १ बोरा दाल ५ केजि, चना ५ केजि, तेल एक कार्टुन , प्रोटिन भिटामिन १३ प्याकेट बितरण गरेको हो ।
उदयपुर जिल्लामै एउटा मात्र शाखा रहेक यो जेसीजले स्थापना देखि नै यश क्षेत्रमा विभिन्न सामाजिक गतिबिधी गर्दै आइरहेको अग्रणी सस्थाका रुपमा स्थापित छ ।
कार्यक्रममा शाखा पुर्व अध्यक्ष शर्मिला थापा, ताराबहादुर् खड्का तथा शाखाका पदाधीकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन महासचिव नवीन महतोले गरेका थिए ।