President village with mother chapter ((रायरायँकोट पर्यटन प्रवर्द्धन कार्यक्रम) सम्पन्न

2026-04-26

बागलुङ, वैशाख १२ — “President Village Program with Mother Chapter” अन्तर्गत रायरायँकोट पर्यटन प्रवर्द्धन कार्यक्रम शनिबार बागलुङ नगरपालिका–०७, रायरायँकोटमा सम्पन्न भएको छ।


कार्यक्रम म्याग्दी जेसीजको आयोजनामा सम्पन्न भएको हो भने बागलुङ जेसीज (मातृशाखा) र पर्वत जेसीजले सह-आयोजनाको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष श्री मेघनाथ शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।


कार्यक्रममा बागलुङ जेसीजका शाखा अध्यक्षज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी जेसीजका महासचिव गोकुल बिकले जेसीज आस्था पाठ अगुवाई गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पर्वत जेसीजका महासचिव रामचन्द्र सुवेदीले गर्नुभएको थियो।


त्यसैगरी, कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष राजेन्द्र आचार्य, रायरायँकोट व्यवस्था व्यवस्थापन समितिका नन्दलाल गौतम, बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदीप राज भण्डारी तथा पर्वत जेसीजका शाखा अध्यक्ष शर्मिला शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


कार्यक्रम अन्तर्गत बागलुङबाट सुरु भएको ,  सुरु भएको हाइकिङ घमाल्थर, रायरायँकोट, कारिकोट र पञ्चकोट हुँदै बेनीसम्म सम्पन्न गरिएको थियो। उक्त हाइकिङमार्फत सहभागीहरूले मार्गमा पर्ने प्राकृतिक, सांस्कृतिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्दै पर्यटन सम्भावनाको अध्ययन गरेका थिए।


यसै क्रममा तीन शाखाको संयुक्त बैठक समेत सम्पन्न गरिएको थियो। बैठकमा शाखाबीच सहकार्य विस्तार, आगामी कार्यक्रम सञ्चालन तथा नेतृत्व विकासका विषयमा छलफल गरिएको जानकारी दिइएको छ।


कार्यक्रमको अध्यक्षता म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले गर्नुभएको थियो।


आयोजकका अनुसार यस कार्यक्रमले रायरायँकोट क्षेत्रलाई सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, पर्यटनमार्फत स्थानीय स्तरमा रोजगारी र आर्थिक अवसर सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रममा जेसीजका पदाधिकारी, पूर्व अध्यक्षहरू, सदस्यहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


JCI News Archive