देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा देवघाटधाम जेसीजका बोर्ड पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमका संयोजक जेसी सन्तोष सुवेदी (उपाध्यक्ष–२०२६) रहनुभएको थियो भने सभापतित्व जेसी अर्जुन सुवेदी (अध्यक्ष–२०२६, देवघाटधाम जेसीज) ले गर्नुभएको थियो। तालिममा प्रशिक्षकका रूपमा पूर्व अध्यक्ष तथा JCI Nepal TOT Graduate–2025 जेसी रघु मल्लले सहजीकरण गर्नुभएको थियो।

तालिमका क्रममा सहभागीहरूलाई प्रभावकारी रूपमा बोल्ने कला, प्रस्तुतीकरण शैली, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी महत्वपूर्ण सीपहरूबारे प्रशिक्षण दिइएको थियो। कार्यक्रमले सहभागीहरूको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

कार्यक्रमको समापन सभापति तथा अध्यक्ष जेसी अर्जुन सुवेदीको मन्तव्यबाट गरिएको थियो। उहाँले यस्ता सिपमूलक तालिमहरूले सदस्यहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण सहभागी, प्रशिक्षकप्रति आभार व्यक्त गरिएको थियो।
