प्रतिनिधि सभा उम्मेदवारबीच ‘ककस’ कार्यक्रम

2026-04-26

निर्वाचनलाई लक्षित गर्दै इटहरी जेसीजले २०८२ फागुन ७ गते सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवारबीच ‘ककस’ अर्थात् प्रत्यक्ष संवाद कार्यक्रम भव्य रूपमा समापन गरेको थियो । संस्थाका अध्यक्ष जेसी मिसन पराजुलीज्यूको सभापतित्वमा र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सेनेटर जीवन कार्कीज्यूको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ३ का १२ जना उम्मेदवारहरूको उपस्थिति रहेको थियो। जहाँ सयौँको सङ्ख्यामा आम जनताको उपस्थिति रहेको थियो।

कार्यक्रम तरहरा जेसीज ,इटहरी लेडी जेसीज, झुम्का जेसीज, इनरुवा जेसीज ,दुहबी जेसीज, इटहरी जुनियर जेसीज को सह–आयोजनामा सम्पन्न भएको थियो ।


JCI News Archive