धरानमा सुधार गृहका युवालाई लक्षित गर्दै योग तथा मोटिभेशन तालिम

2026-04-25
धरान । धरान जेसीज २०२६ को आयोजनामा सुधार गृहमा रहेका युवाहरूलाई लक्षित गर्दै योग तथा मोटिभेशन तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सुधार गृहका ४० जना सहभागीहरूको सक्रिय उपस्थितिमा सम्पन्न भएको हो।
सुधार गृहका सञ्चालक अग्नि प्रसाईको विशेष सहयोगमा आयोजित कार्यक्रममा पतञ्जली योग समिति धरानका अध्यक्ष सुमन मान स्थापित, उपाध्यक्ष रणजीत शाह, कोषाध्यक्ष उषा श्रेष्ठ, सदस्य शर्मिला भुजेल, सल्लाहकार मेनुका स्थापित तथा सदस्य सम्झना बस्नेतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन धरान जेसीजका महासचिव रीमा थापा मगरले गरेकी थिइन् भने योग तालिम पश्चात् सञ्चालन गरिएको मोटिभेशन प्रशिक्षण प्रमुख प्रशिक्षक मोहन श्रेष्ठले सहजीकरण गरेका थिए। उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन Training Director शर्मिला राईले गर्नुभएको थियो।

धरान जेसीजका अध्यक्ष सागर प्रसाईले लागूपदार्थ दुर्व्यसनमा फसेका युवाहरूलाई योग तथा प्रेरणामूलक तालिममार्फत सकारात्मक जीवनतर्फ अग्रसर गराउँदै समाजमा पुनःस्थापित गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
JCI News Archive