इटहरीमा प्रतिनिधिसभा उम्मेदवारबीच 'ककस' कार्यक्रम सम्पन्न

2026-04-26

निर्वाचनलाई लक्षित गर्दै इटहरी जेसीजले २०८२ फागुन ७ गते सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवारबीच ‘ककस’ अर्थात् प्रत्यक्ष संवाद कार्यक्रम भव्य रूपमा समापन गरेको थियो । संस्थाका अध्यक्ष जेसी मिसन पराजुलीज्यूको सभापतित्वमा र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सेनेटर जीवन कार्कीज्यूको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ३ का १२ जना उम्मेदवारहरूको उपस्थिति रहेको थियो। जहाँ सयौँको सङ्ख्यामा आम जनताको उपस्थिति रहेको थियो।

कार्यक्रम तरहरा जेसीज ,इटहरी लेडी जेसीज, झुम्का जेसीज, इनरुवा जेसीज ,दुहबी जेसीज, इटहरी जुनियर जेसीज को सह-आयोजनामा सम्पन्न भएको थियो ।



JCI News Archive