रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “ब्लड फर नेपाल” को आयोजनामा तथा JCI राजविराजको सहकार्यमा राजविराजमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका संयोजक जय प्रकाश मण्डलको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा JCI राजविराजका अध्यक्ष जेसी रवी कुमार राय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा उहाँले रक्तदान जीवनदान भएकाले सबै नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार सेवा केन्द्र, राजविराजको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा जम्मा ७ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा जेसी पंकज कुमार यादव, जय प्रकाश मण्डल, राजाबाबु मेहता, दीपक शर्मा, राम आशिष यादव, राजेश कुमार साह र प्रशान्त कुमार साह लगायत रहेका छन्।
कार्यक्रमले स्थानीय स्तरमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। साथै, भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।