चक्रघट्टी जेसीजको आयोजनामा ‘प्रि–इन्डक्सन एन्ड मोटिभेसनल ट्रेनिङ’ सम्पन्न

2026-04-25

चक्रघट्टी । बराहक्षेत्र, चक्रघट्टी जेसीजको आयोजनामा ‘प्रि–इन्डक्सन एन्ड मोटिभेसनल ट्रेनिङ’ शनिबार बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को सभाहलमा सम्पन्न भएको छ। तालिममा चक्रघट्टी जेसीज र बराहक्षेत्र जुनियर जेसीजका गरी १८ जना सक्रिय सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सभाध्यक्ष चक्रघट्टी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी शरण कुमार लिम्बू (चक्रघट्टी) रहेका थिए। प्रमुख अतिथिका रूपमा चक्रघट्टी जेसीजका संस्थापक अध्यक्ष जेसी निश्चल बस्नेत तथा प्रमुख प्रशिक्षकमा चक्रघट्टी जेसीज वर्ष २०२० का अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२६ का बोर्ड सल्लाहकार जेसी सन्तोष चौलागाईं रहेका थिए।


तालिममा चक्रघट्टी जेसीज वर्ष २०१६ का अध्यक्ष जेसी कमलनाथ दाहाल, वर्ष २०२५ का अध्यक्ष जेसी महेश घिमिरे, बराहक्षेत्र जुनियर जेसीज वर्ष २०२६ का अध्यक्ष जुनियर जेसी डिक ब. चुवानलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।


कार्यक्रमको शुभकामना मन्तव्य जेसी महेश घिमिरेले दिए भने स्वागत मन्तव्य चक्रघट्टी जेसीजका कानुनी सल्लाहकार जेसी अस्वन यादव, जेसीज आस्थापाठ शाखा सम्पादक विनोद कुमार महतो र जेसीज मिसन एन्ड भिजन कार्यकारिणी उपाध्यक्ष जेसी कलामुद्दिन अन्सारीले वाचन गरे। कार्यक्रमको सञ्चालन महासचिव जेसी अर्जुन तामाङले गरे।


तालिमका क्रममा जेसी रबिन शाह शंकर र जुनियर जेसी दीपक बस्नेतले आफ्नो अनुभव साझा गरेका थिए। प्रमुख अतिथि जेसी निश्चल बस्नेतले काममा निरन्तरता दिनेले मात्र सफलता हासिल गर्न सक्ने बताए। सभाध्यक्ष जेसी शरण कुमार लिम्बूले “मानिसले कमाउने इष्टमित्र मात्रै हो, जुन जेसीजले दिन्छ” भन्दै कार्यक्रमको समापन गरे।


सहभागी सबैलाई नेपाल जेसीजको सौजन्यमा प्रमाणपत्र प्रदान गरिएको थियो।

JCI News Archive