बुटवल मा २२ शाखा को आयोजना मा parlymantry prosuder training सम्पन्न

2026-04-28

???? २२ शाखाको संयुक्त आयोजनामा संसदीय प्रक्रिया तालिम सफलतापूर्वक सम्पन्न कार्यक्रम का केही झलक ।


२२ वटा शाखाको संयुक्त आयोजनामा आयोजित Parliamentary Procedure Training कार्यक्रम मिति २०८३ साल बैशाख १३ गते Umai Garden Resort, Tilottama–4, Yogikuti मा भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता तिलोत्तमा जेसिज वर्ष २०२६ का अध्यक्ष जेसि राम बहादुर रोका (रामु) ले गर्नुभएको थियो।


???? प्रमुख अतिथि: जेसि नवराज उपाध्याय (राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष नेपाल जेसिज)???? प्रमुख प्रशिक्षक: जेसि सुनिल तिमिल्सिना


✨ गरिमामय उपस्थिति• जेसि सुरेन्द्र श्रेष्ठ (राष्ट्रिय उपाध्यक्ष)• जेसि सन्दीप भुषाल (राष्ट्रिय उपाध्यक्ष)• जेसि राजन शर्मा (राष्ट्रिय तालिम आयुक्त)


???? कार्यक्रमको स्वागत मन्तव्य Butwal Lady जेसिजकी अध्यक्ष जेसि रुपा श्रेष्ठ ले व्यक्त गर्नुभएको थियो।


अध्यक्षीय मन्तव्य राख्दै जेसि राम बहादुर रोका (रामु) ले यस तालिमलाई नेपाल जेसिजका लागि यस वर्षकै उत्कृष्ट तथा ऐतिहासिक कार्यक्रम भएको उल्लेख गर्दै यसलाई “पाइलट प्रोजेक्ट” को रूपमा सबै शाखामा विस्तार गर्ने योजना प्रस्तुत गर्नुभयो। साथै, यस्ता कार्यक्रमले शाखाबीचको सम्बन्ध, सहकार्य र बन्धुत्वलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।


???? कार्यक्रमको समापनतर्फ कार्यक्रम सम्योजक, रामनगर जेसिजकी EVP जेसि रमा न्यौपाने ले धन्यवाद ज्ञापन गर्नुभयो। साथै, अतिथिहरूले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।


???? Opening Session मा आयोजकको तर्फबाट JCI Bhalwari का अध्यक्ष जेसि रुपेश पाण्डे ले धन्यवाद व्यक्त गर्नुभएको थियो।


????️ Closing Session मा विभिन्न शाखाका अध्यक्ष तथा सहभागीहरुको तर्फबाट तालिमको अनुभव, सिकाइ तथा समिक्षा प्रस्तुत गर्दै JCI Kanchan का अध्यक्ष जेसि निरोज पौडेल ले आफ्नो धारणा राख्नुभएको थियो।


???? कार्यक्रम सञ्चालन• पहिलो सत्र: जेसि निलकमल थारु (महासचिव, JCI Kapilvastu)• दोस्रो सत्र: जेसि पवित्रा पौडेल (महासचिव, JCI Devdaha)


???? कार्यक्रममा कुल १०३ जना सहभागिता रहेकोमा ९१ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको थियो।


???? यस महत्वपूर्ण तालिम कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण अतिथि, प्रशिक्षक,सम्पुर्ण समकालीन शाखा अध्यक्ष ज्युहरु तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौं।


#JCI #ParliamentaryProcedure #Training #Leadership JCI Kanchan #NepalJaycees#DevelopingLeadersforChangingWorld#

JCI News Archive