म्याग्दी जेसीजद्वारा हार्दिक बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

2026-05-10

मिति: २०८३ बैशाख २७ गते आइतवार (१० मे, २०२६)
स्थान: म्याग्दी जेसीज सचिवालय
कार्यक्रम: “हार्दिक बधाई तथा सम्मान कार्यक्रम”


म्याग्दी जेसीजका पूर्व अध्यक्ष तथा पूर्व अध्यक्षीय क्लबका अध्यक्ष आदरणीय सुबिन श्रेष्ठज्यू नेपाल उद्योग वाणिज्य महासंघको मिति २०८३ बैशाख २१ र २२ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समितिको सदस्य पदमा निर्वाचित हुनुभएको अवसरमा म्याग्दी जेसीजद्वारा हार्दिक बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।


कार्यक्रममा बोल्दै वक्ताहरूले सुबिन श्रेष्ठज्यूले व्यवसायिक, सामाजिक तथा नेतृत्वदायी क्षेत्रमा पुर्‍याउनुभएको योगदान म्याग्दी जिल्लाकै गौरवको विषय बनेको उल्लेख गरेका थिए। उहाँको सफल नेतृत्व, सक्रियता तथा समर्पणले समग्र व्यवसायिक समुदायलाई प्रेरणा प्रदान गरेको वक्ताहरूको भनाइ थियो।

कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष जेसी दिनेश कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।


यस अवसरमा बधाई तथा सम्मान कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य, भव्य तथा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने पूर्व राष्ट्रिय अध्यक्षज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, सञ्चालक समितिका पदाधिकारी, साधारण सदस्य एवं प्रस्तावित सदस्यज्यूहरू प्रति म्याग्दी जेसीजले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। यहाँहरूको अमूल्य उपस्थिति, साथ, सहयोग तथा शुभेच्छाले कार्यक्रमलाई अझ गौरवमय बनाएको म्याग्दी जेसीजले जनाएको छ।


JCI News Archive