कार्यक्रममा विशेष वक्ताका रूपमा चर्चित कलाकार राजेश हमाल, नबिल बैंकका प्रमुख कार्यकारी निर्देशक मनोज ज्ञवाली तथा चार्टर्ड एकाउन्टेन्ट अनुपमा संग्रौलाले आफ्नो अनुभव, संघर्ष र सफलताका कथा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूको प्रस्तुति सहभागीहरूका लागि प्रेरणादायी तथा मार्गदर्शक बनेको थियो।