भेरीगंगा जेसीजद्वारा विश्व वातावरण दिवसको अवसरमा बृहत् वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न ।

2026-06-06

"सेवा नै जीवनको सर्वोत्तम कार्य हो।"

​विश्व वातावरण दिवस २०२६ (World Environment Day) को सुखद अवसर तथा नेपाल जेसीजको राष्ट्रिय कार्ययोजना अन्तर्गत आज भेरीगंगा जेसीजको आयोजना तथा स्थानीय समुदायको सक्रिय सहकार्यमा श्री माई भगवती मन्दिर परिसर (भेरीगंगा न.पा. वडा नं. ११, राताचौर) मा वृक्षारोपण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

​धार्मिक एवं पर्यटकीय क्षेत्रको पर्यावरण जोगाउने र सौन्दर्यीकरण गर्ने यस महाअभियानमा आफ्नो अमूल्य समय दिएर उपस्थित हुनुभएका हाम्रा आदरणीय पूर्व अध्यक्षज्यूहरू, बोर्ड पदाधिकारीहरू, सम्पूर्ण जेसीज सदस्यहरू, स्थानीय जनप्रतिनिधिहरू, राताचौर टोल विकास समिति, आमा समूह तथा स्थानीय आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। 

JCI News Archive