विश्व वातावरण दिवसको अवसरमा माडी जेसीजद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

2026-06-07

विश्व वातावरण दिवसको अवसरमा माडी जेसीजको आयोजनामा माडी-६, हरिनगर स्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । 

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रम माडी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी प्रकाश सुवेदीकाे अध्यक्षतामा, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख श्री हरि पौडेल, माडी जेसीजका निवर्तमान अध्यक्ष जेसी ईश्वर रानाभाट, मानार्थ सदस्य श्री भागीरथ बस्याल, निर्देशक जेसी सफल गौतम, शिक्षालयका शिक्षकहरू, विद्यार्थीहरू एवं शिक्षालय परिवार तथा अन्य सरोकारवालाहरू समेतको उत्साहजनक सहभागितामा सु-सम्पन्न भएको  थियो।

यस महत्वपूर्ण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति माडी जेसीज हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। ????

"आज रोपिएको एउटा बिरुवाले भोलिको हराभरा भविष्य निर्माण गर्छ।" 


#WorldEnvironmentDay

#TreePlantation 

#MadiJCI 

#ProjectSankalpa

#AimActAchieve 

#GreenMadi 

#EnvironmentProtection 

#JCINepal

JCI News Archive