विश्व वातावरण दिवसको अवसरमा विशेष घोषणा ⚽

2026-06-08
दोस्रो पर्वत जेसीज कप २०२६ अन्तर्गत वातावरण संरक्षणप्रति हाम्रो प्रतिबद्धतालाई अझ सशक्त बनाउँदै “एक गोलमा एक वृक्षारोपण” अभियान सञ्चालन गरिनेछ।
प्रतियोगितामा हुने प्रत्येक गोलसँग एक बिरुवा रोपिनेछ, जसले खेलकुदको उत्साहलाई हरियाली भविष्यसँग जोड्नेछ। आजको विश्व वातावरण दिवसले हामीलाई प्रकृति संरक्षणको जिम्मेवारी सम्झाइरहेको बेला, फुटबलमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो सानो प्रयास हो यो अभियान।
हरेक गोलसँग हरियालीको उपहार, हरेक बिरुवासँग स्वच्छ वातावरणको आधार।
⚽???? एक गोलमा एक वृक्षारोपण — खेलसँगै वातावरण संरक्षण।
JCI News Archive