दोस्रो पर्वत जेसीज कप २०२६

2026-06-08
युवा खेल प्रतिभाको विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा स्वस्थ प्रतिस्पर्धामार्फत आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको राष्ट्रियस्तरीय खुल्ला नकआउट दोस्रो पर्वत जेसीज कप २०२६ मा सम्पूर्ण खेलाडी, प्रशिक्षक, अफिसियल, खेलप्रेमी तथा शुभेच्छुक महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौं।देशका विभिन्न क्षेत्रबाट सहभागी हुने उत्कृष्ट टोलीहरूबीच हुने रोमाञ्चक प्रतिस्पर्धाले प्रतियोगितालाई थप आकर्षक बनाउने विश्वास लिएका छौं। खेल भावना, अनुशासन र उत्कृष्ट प्रदर्शनमार्फत फुटबलको उत्सवलाई भव्य रूपमा सफल बनाउन यहाँहरूको साथ, सहयोग र उपस्थितिको अपेक्षा गरेका छौं।
आउनुहोस्, फुटबलको यो महाउत्सवमा सहभागी बनौं र खेलकुदको माध्यमबाट एकता, मित्रता र उत्कृष्टताको सन्देश फैलाऔं।
दोस्रो पर्वत जेसीज कप २०२६ अब खेल्छ कुश्मा!
????⚽
#SecondParbatJayceesCup2026 #JayceesCup #FootballTournament #Kushma #7ASideFootball #SportsForYouth #OpenKnockoutTournament
JCI News Archive