पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा दोस्रो खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता आयोजना हुने भएको छ।
गत वर्षबाट सुरु भएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागिएको पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले बताइन्। साउनको २८ देखि ३१ गतेसम्म पर्वत सदरमुकाम कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिताको आयोजना हुने छ।
प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। व्यक्तिगततर्फ ‘बेस्ट प्लेयर’, ‘बेस्ट डिफेन्डर’, ‘हाइ स्कोरर’, ‘राइजिङ प्लेयर’, ‘बेस्ट मिड फिल्डर’, ‘बेस्ट गोल किपर’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने छन्।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको जेसीजले सन २०२६ मा पनि अभिप्रेरित युवा र समुदायको रूपान्तरणको लागि ‘वन टिम ः वन भिजन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना भएको हो। खेलकुदको क्षेत्रमा योगदान दिन तथा पर्वत र यस क्षेत्रको खेल क्षेत्र र त्यसमा पनि विशेष गरी फुटबलको विकासमा सम्भावनाको खोजी गर्नका लागि प्रतियोगिता गर्न लागिएको अध्यक्ष शर्माले बताइन्।पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा दोस्रो खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता आयोजना हुने भएको छ।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको जेसीजले सन २०२६ मा पनि अभिप्रेरित युवा र समुदायको रूपान्तरणको लागि ‘वन टिम ः वन भिजन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना भएको हो। खेलकुदको क्षेत्रमा योगदान दिन तथा पर्वत र यस क्षेत्रको खेल क्षेत्र र त्यसमा पनि विशेष गरी फुटबलको विकासमा सम्भावनाको खोजी गर्नका लागि प्रतियोगिता गर्न लागिएको अध्यक्ष शर्माले बताइन्।